पत्रकार त्रिभुवन पौडेल विमान दुर्घटनामा परेको पुष्टि

काठमाडौँ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पोखरा हटलाइन दैनिकका सम्पादक त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् ।

पौडेल काठमाडौँबाट आफ्नो गृह नगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

माओवादी केन्द्र निकट संगठन प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक समेत थिए ।

प्रेस सेन्टरको पदाधिकारी बैठकका लागि उनी काठमाडौँ आएका थिए ।

पोखराको फूलबारीमा बस्दै आएका उनीले करिब ४ वर्षअघि विवाह गरेका थिए । पौडेलका एक छोरा रहेका छन् ।

कास्की प्रहरीले पत्रकार पौडेल दुर्घटनामा परेको पुष्टि गरेको छ ।

काठमाडौँ विमानस्थलबाट बिहान १०:३३ बजे उडेको यति एयरलाइन्सको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए ।

पाइलट कमल केसीले उडाएको जहाजमा फ्लाइट अफिसर अन्जु खतिवडा को पाइलट, एस हुन्चु र ओए मगर परिचारिका सवार थिए ।

उक्त जहाजमा ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु सवार थिए ।

जसमा ४१ जना महिला र २७ पुरुष छन् ।

दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *