कर्णाली प्रदेशको दोस्रो सभामुख बनिन् नन्दा गुरुङ

सुर्खेत । नन्दा गुरुङ कर्णाली प्रदेश सभाको सभामुखमा बनेकी छन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सभामुखको निर्वाचनमा ३८ जनाले भाग लिएका थिए। एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपाको १ मत प्राप्त भएको छ । सभामा गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । कांग्रेसका पोखरेलले नेपाली काँग्रेसका १४ जना सांसदको मात्र मत पाएका छन् ।

सत्तारुढ गठबन्धनको केन्द्रीय समीकरणले कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो । सोही अनुसार एमालेले यो पटक महिला सांसदलाई सभामुखमा अघि सारेको हो । गुरुङ कर्णाली प्रदेश सभाको दोस्रो सभामुख बनेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *