प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछाने त्रिभुवन विमानस्थलमा
२०७९ माघ १ गते

काठमाडौँ । काठमाडौँबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएका छन् । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएका हुन् ।
विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन् । प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्धार मा लाग्नु निर्देशन दिनुभएका साथै आज १ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत सरकारी अधिकारीहरू रहेका छन् ।
२०७९ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित








