३ शिशुसहित ६ बालबालिका पनि थिए जहाजमा

पोखरा । काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोँचमा दुर्घटनामा परेको छ ।

काठमाडौँ विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए । जहाज पाइलट कमल केसीले उडाएको जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क, दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य कुल ७२ जना थिए । अर्का चालक अन्जु खतिवडा थिइन् भने को-पाइलट, एस हुन्चु र ओए मगर परिचारिका थिइन् ।

दुर्घटनास्थलबाट अहिलेसम्म ३२ जनाको शव निकालिएको छ । जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जीवित भेटिने सम्भावना नरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । बिहान सवा १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *