गण्डकीमा सभामुख चयन आज, को-को छन् उम्मेदवार ?

पोखरा । गण्डकी प्रदेशमा आज सभामुख निर्वाचन हुँदै छ । त्यसका लागि संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरिसकेको छ । ११ बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ भने साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिने छ । आजै ३ बजे निर्वाचन हुने संसद् सचिवालयले जनाएको छ ।

सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादीको भागमा परेको छ । माओवादीले कृष्ण धिताललाई सभामुखको उम्मेदवार बनाउन लागेको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले उम्मेदवार छनौटको अधिकार संसदीय दलका नेतालाई दिएको थियो । दलका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाउने बुझिएको छ । यहाँ सत्तापक्षसँग ३२ सिट छ भने प्रतिपक्षमा २८ सिट छ ।

तर स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे संसद्मा सहभागी नै भएका छैनन् । उनले मुख्यमन्त्रीको विश्वासको मतमा समेत सहभागिता जनाएनन् । सत्तापक्षका एकजना सभाध्यक्ष छन् । त्यसैले सत्तातिर ३१ र विपक्षमा २७ मत पर्ने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *