न्युजिल्यान्डलाई पाकिस्तानविरुद्धको एकदिवसीय शृङ्खला

२०७९ पुस ३० गते

काठमाडौं । पाकिस्तानसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीयमा २ विकेटको जितसहित शृङ्खला २–१ ले जितेको हो ।
कराँचीमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो । पहिलो एकदिवसीयमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो भने दोस्रो एकदिवसीयमा ७९ रनले पराजित भएको थियो ।

२०७९ पुस ३० गते
प्रतिक्रिया
सम्बन्धित