भरुवा बन्दुक भिरेर जंगल घुम्दै गरेका गगन थापा पक्राउ

सुर्खेत । सुर्खेतमा अवैध भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रहरीले पञ्चपुरी नगरपालिकाका २ मा रहेको सिस्ने काँडा जंगलबाट एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिकाका २२ वर्षीय गगन थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार सिस्ने काँडा जंगलमा भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी चौकी सालकोट सुर्खेतको प्रहरी टोलीले फेला पारी उनको साथमा भएको एक नाला भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *