जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम । जनकपुरधाममा अगामी माघ १५ गतेदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज सपोर्ट जनकपुरधामको आयोजनामा अन्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रंगभुमी मैदान बारबिघामा प्रतियोगिता हुने आयोजक संस्थाका सञ्चालक तथा राष्ट्रिय क्रिकेट टिमका खेलाडी हरिशंकर साहले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा संस्थागत र सरकारी विद्यालयको टिम सहभागी हुने छन् । करिब १६ वटा टिमलाई चार समूहमा विभाजन गरी लिग प्रणालीमा प्रतियोगिता हुने छन् ।

सो भन्दा बढी टिमको सहभागिता भए छनौट खेल गरी लिगमा सहभागी गराइने आयोजक साहले बताए । डिउज बलले हुने खेल २० ओभरको खेलाइने छन् । प्रतियोगितामा खेलाडीहरूको प्रोत्साहनको लागि सबै विद्यामा पुरस्कारको व्यवस्था गरिएको छ ।

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट अवकाश प्राप्त गरेका नवीन सिंहले खेलमा बालबालिकाको रुचि बढाउन प्रतियोगिता हुन लागेको बताए । खेलले स्वास्थ्य र मानसिक रूपमा स्वास्थ्य बनाएको हुनाले बालबालिकालाई खेल अनिवार्य गर्नुपर्ने उनको जिकिर छ । पुरस्कारको विषयमा तय नभएको र पछि आयोजक टिमले उचित व्यवस्था गरिने छन् । खेलमा सहभागी हुने टिमसँग न्युनतम शुल्क पनि लिइने छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *