विद्युत् कटौतीले उद्याेग व्यावसाय धराशयी हुन थाले : उद्याेग व्यवसायी

विराटनगर । प्रदेश १ का उद्योगी व्यवसायीले विद्युत् देखिएको समस्याको कारण उद्योग व्यवसाय धराशयी हुने अवस्थामा पुगेको बताएका छन् । विद्युत् आपूर्तिमा विगत केही समययता भएको निरन्तरको अवरोधले उद्योग व्यवसाय सञ्चालनमा भएको कठिनाइ प्रति उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल समाधान गर्न माग गरेका हुन् ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतको अस्थिर र अन्यौलताको वातावरण, शिथिल अर्थतन्त्र एवं वित्तीय क्षेत्रको विद्यमान समस्याका कारण मारमा रहेको उद्योग व्यवसाय क्षेत्रमा दैनिक १० देखि १५ पटकसम्म हुने ट्रिपिङ तथा दैनिक रूपमा ७ देखि ८ घण्टासम्म विद्युत् आपूर्तिमा भएको कटौतीले मरणासन्न अवस्थामा पुगेको जनाएका छन् ।

‘वैंक तथा वित्तीय क्षेत्रमा विद्यमान समस्या समाधानका लागी आन्दोलनरत निजी क्षेत्र नयाँ सरकारको गठन भएसँगै समस्या समाधानमा सकारात्मक पहल हुने कुरामा आशावादी रहँदै पर्ख र हेरको अवस्थामा रहेका छन्, विज्ञप्तिमा उद्योगी व्यवसायीले भनेका छन्, पुनः विद्युत् आपूर्तिमा अवरोध भई उद्योगी व्यवसायी माथि बज्रपात थपिएको छ ।’

वित्तीय तथा विद्युत् लगायतको क्षेत्रबाट एकपछि अर्को समस्यामा सरोकारवाला निकायबाट खासै उल्लेख्य काम नहुने अवस्थाले औद्योगिक क्षेत्रको सञ्चालनमा चुनौती थपिएको उनीहरूले उल्लेख गरेका छन् । व्यवसायीले उद्योग व्यवसाय क्षेत्र विद्यमान अघोषित विद्युत् कटौती तथा ट्रिपिङको समस्या अविलम्ब समाधान गर्न माग गरेका छन् ।

उनीहरूले दीर्घकालीन योजना बनाई निजी क्षेत्रलाई उद्योग सञ्चालनका लागी वित्त वा ऊर्जा सबै क्षेत्रमा अनुमानयोग्य औद्योगिक नीति तथा अनुमानयोग्य उद्योगमैत्री वातावरण तयार गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *