गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए ३१ सांसदको विश्वासको मत

काठमाडौँ । गण्डकी मुख्यमन्त्री खगराज अधिकारीले ३१ जना सांसदको विश्वासको मत पाएका छन् । मुख्यमन्त्रीमा आफूलाई विश्वासको मत दिन उनले शुक्रबार संसदमा राखेको प्रस्तावको पक्षमा ३१ सांसदले मत हालेका छन् ।

प्रदेश सभाका कुल ६० जना सांसद मध्ये २७ जना सांसदले भने उनको प्रश्वाको विपक्षमा मतदान गरेका थिए । अर्थात् २७ जनाले उनलाई विश्वासको मत दिएनन् ।

स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दिपक मनाङे संसदमा उपस्थित भएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *