विश्वासको मत माग्दै मुख्यमन्त्री अधिकारीले भने– हामीले प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने छ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूहरुले प्रदेशको औचित्व पुष्टि गर्नुपर्ने बताएका छन् । प्रदेश सभामा विश्वासको मत माग्दै अधिकारीले यस्तो बताएका हुन् ।

उनले भने, ‘ हामीले प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने छ । प्रदेशको आवश्यकतामाथि प्रश्न उठेको छ । तर प्रदेश जनताको नजिकको सरकार हो । हाम्रा केही कमजोरी भए सुधार गरेर आपसमा विश्वासबाट अघि बढ्नुपर्ने छ । यो भूमिको माटो समातेर कसम खानुपर्ने छ । भ्रष्टाचार खानु आमाको रगत खानु बराबर हो ।’

यसअघि कानून र बजेट निर्माणमा योगदान गर्ने प्रदेशका दुवै सरकारलाई उनले धन्यवाद दिए । समयमा निर्माण आयोजना पूरा नगर्दा प्रश्न उठाउनेलाई प्रश्रय मिलेको उनले बताए ।

उनले भने, ‘प्रदेशले रोजगारी सीर्जना गर्न नसक्दा युवाहरु बिदेशिएका छन् ।

यी समस्या समाधान गर्न मेरो नेतृत्वको सरकारले भरमग्दुर प्रयास गर्ने छ । प्रदेशको कार्य सम्पादनलाई डिजिटाइज्ड गरिने छ । अस्पतालको स्वास्थ्य सुविधा विस्तार गरि सबै रोगको सहज उपचारको ब्यवस्था मिलाइने छ ।

कृषियोग्य जमिनमा बाह्रैमासा सिंचाइको सुविधा पुर्याइने छ । कृषि विमालाई प्रभावकारी बनाइने छ । सबै घरमा विद्युत विस्तारगरी उज्यालो प्रदेश अभियानलाई साकार रुप दिइने छ । विद्युतीय सवारी साधन सञ्चालनलाई प्रोत्साहन गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *