गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

पोखरा । गण्डकीमा आज मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदै छन् ।

संसद् सचिवालयमा उनले ३ दिन अघि नै विश्वासको मतबारे जानकारी गराएका थिए । संविधानको धारा १६८ (२) अनुसार ३३ सांसदको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तर अहिले स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले विश्वासको मत नदिने बताएका छन् । अधिकारीले कांग्रेससहित सत्ता साझेदार दललाई पनि विश्वासको मतको लागि लिखित पत्र पठाएरै आग्रह गरेका छन् ।

कांग्रेसले सोही निर्णय गर्न केहीबेरमा संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *