मुख्यमन्त्रीलाई समर्थन गरेका दीपक मनाङेले विश्वासको मत नदिने

पोखरा । मुख्यमन्त्री नियुक्त हुने बेलामा आफैँ प्रदेश प्रमुख कार्यालयमा उपस्थित भएका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले विश्वासको मत भने नदिने भएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै विश्वासको मत नदिने बताएका हुन् ।

यसअघि उनले कम्युनिष्ट पार्टी एकै ठाउँमा रहनुपर्ने बताएका थिए । केही समयअघि उनी एकीकृत समाजवादी प्रवेश गरेको बताएका थिए । तर तत्कालीन गठबन्धन गडवड भएपछि उनले संसद सचिवालयमा स्वतन्त्र सांसदको हैसियतमा उपस्थिति गरेका छन् ।

`मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु,´ उनले भने, `एमालेको २२ , माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टी को २ मत बाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानु भन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु ।´

मुख्यमन्त्री अधिकारीले मनाङे सहित ३३ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । तर ३ दिन बित्न नपाउँदै मनाङेले लिएको फरक निर्णयलाई धेरैले सत्ता बार्गेनिङका रूपमा हेरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *