गण्डकीमा सभामुखको निर्वाचन ३० पुसमा, उपसभामुखकाे २ माघमा

पोखरा । गण्डकी प्रदेश सभामा रहेका दलहरुको सर्वदलीय बैठकले सभामुख र उपसभामुखको निर्वाचनको मिति टुंग्याएका छन् । बिहीबार बसेको बैठकले सभामुख पुस ३० गते र उपसभामुखको निर्वाचन माघ २ गते गर्ने निर्णय गरिएको हो ।

संसद सचिवालयका अनुसार शनिबार नै भएपनि सर्वदलीय बैठकले कार्यसूची तयार गरेका कारण ३० गते निर्वाचन हुने छ । संविधानले पहिलो संसद बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

पुस १८ मा गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । जसका कारण माघ २ भित्र सभामुख चयन भइसक्नुपर्छ । सभामुखमा माओवादीले कृष्ण धिताललाई उठाउने सम्भावना छ भने प्रमुख प्रतिपक्षी दलले उम्मेद्वारी दिने वा नदिने टुंगिएको छैन ।

सत्ता गठबन्धनको सहमति अनुसार गण्डकीमा एमालेले पाँचै वर्ष मुख्यमन्त्री र माओवादीले पाँचै वर्ष सभामुख पाउने छ । एमालेले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *