गण्डकीमा माओवादीका कृष्ण धिताल सभामुख बन्ने पक्का 

पोखरा । केन्द्रीय शीर्ष नेतृत्वको निर्णयसँगै गण्डकीको सभामुख पाँचै वर्ष माओवादीले पाउने छ ।
माओवादीले सांसद कृष्ण धिताललाई सभामुख बनाउने पक्का जस्तै छ । दलको नेता हुँदै सरकारमा माओवादीको नेतृत्व गर्ने योजनामा रहेका धितालले दलको नेतामा हरिबहादुर चुमान चयन भएपछि सभामुख ताकेका हुन् । संविधान अनुसार माघ २ भित्र सभामुख चयन भइसक्नुपर्छ । संसद सचिवालयले माघ २ मै सभामुखको निर्वाचन हुने सङ्केत गरेको छ । तर त्यसअघि दलसँग छलफल गर्ने सचिव हरि पोखरेलले बताए ।
८ सांसद रहेको माओवादीका ४ जना सरकारमा सहभागी हुने सम्भावना छ । धिताल सभामुख बन्ने/नबन्ने अझै निर्णय भएको छैन । तर पार्टीको केन्द्रीय नेता भएका कारण सम्भावना बढी रहेको दलका नेता चुमानले बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *