लुम्बिनी अल स्टार्सलाई नेपाल टी२० लिगकाे उपाधि

काठमाडौँ । लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंसलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधिमा कब्जा जमाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा १३३ रन बनाएर अलआउट भयो । लुम्बिनीका लागि ओपनरद्वय हरमित सिंहले ३० रन र लाहिरु मिलन्थाले ४१ रन जोडेका छन् ।

हरमितले १८ बलमा ३ चौका र २ छक्का तथा लाहिरुले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । दुईबीच ५.५ ओभरमा ६४ रनको साझेदारी भयो ।

कप्तान दीपेन्द्रसिंह ऐरी २० रन र इशान पाण्डे १८ रनमा आउट भए । टिमका अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले निर्धारितट २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन मात्र जोड्न सक्यो ।

विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ३४ रन बनाए । पृथु बाँस्कोटाले ३१ रन र हुसैन ट्यालेटले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

ओपनिङमा गौरांशु शर्मा ४ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल शून्यमा आउट भए । त्यसपछि हुसेन तलात १३ रनमा रनआउटको सिकार बने भने राज नन्नन ६ रनमा आउट भए ।

तेह्रौँ ओभरको पाँचौ बलमा ओपनर अर्जुन साउद ३४ रनमा पाँचौँ विकेटको रुपमा आउट भएपछि विराटनगरमाथि दबाब पर्‍यो ।

विराटनगरका विवेककुमार यादव ६ रनमा आउट भए भने पृथु बाँस्कोटा अठारौँ ओभरको पाँचौ बलमा ३१ बलमा बोल्ड हुँदा खेल लुम्बिनीको पक्षमा गएको थियो ।

विराटनगरलाई सस्तैमा रोक्न लुम्बिनीका हरमित सिंह र सागर ढकालले २–२ विकेट लिए । विपुल शर्मा र किशोर महतोले १–१ विकेट हात पारे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *