पुस २७ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. पुस २७, २०७९ । ई.सं. ११ जनवरी २०२३ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ पोहेलाथ्व । नल दक्षिणायन हेमन्त । बुधबार माघ कृष्णपक्ष । तिथि- चतुर्थी, ११:४५ बजे उप्रान्त पञ्चमी । नक्षत्र- मघा, ९:५२ बजे उप्रान्त पूर्वफाल्गुनी । योग- आयुष्मान्, १०:४० बजे उप्रान्त सौभाग्य । करण- वालव ११:४५ बजेदेखि कौलव, २४:३१ बजे उप्रान्त वणिज । चन्द्रराशि सिंह । आनन्दादि योग चर । दिनमान २६।०९ । सूर्योदय ६:५८ । सूर्यास्त १७:२६ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । दूरदराजको यात्रा लाभदायक हुनेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कठोर परिश्रम गर्नुपर्ने समय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । प्रेममा मनमुटावका साथै अनावश्यक यात्रा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग र प्राविधिक काममा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । बिक्री र बन्दव्यापार फाइदा नहोला । परिवारका कारण चिन्ता बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *