शपथ लिएर गण्डकीका मुख्यमन्त्री काठमाडौँ उडे

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी मुख्यमन्त्रीको शपथको भोलिपल्टै काठमाडौँ उडेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनी काठमाडौँ गएका हुन् । अधिकारी बुधबार नै पोखरा फर्किने छन् ।

शीर्ष नेतासँगको भेटमा अधिकारीले सरकार गठनका विषयमा छलफल गर्ने बताइएको छ । मुख्यमन्त्रीसँगै सोमबार ३ मन्त्रीले शपथ लिएका छन् । तर उनीहरूको कार्य जिम्मेवारी तोकिएको छैन ।

मुख्यमन्त्रीले विश्वासको मतपछि मात्रै सरकार विस्तार र मन्त्रीको कार्य विभाजन तोक्ने बताइएको छ । पहिलो चरणमा माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता कुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्री बनेका छन् ।

अधिकारीले २९ गते नै विश्वासको मत लिने तयारी गरेका छन् । सरकारका प्रवक्ता तथा मन्त्री सीता सुन्दासका अनुसार विश्वासको मत लिने जानकारी संसद् सचिवालयमा पुगिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *