महिला वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखराका वडाध्यक्ष पक्राउ

पोखरा । आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

वडा सदस्य मैया नेपालीले उनीविरुद्ध उजुरी दिएकी हुन् । अधिकारीले पटकपटक अमर्यादित व्यवहार गरेका आरोप उनले लगाएकी छिन् ।

पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरूको भेलामा अध्यक्ष र अन्य सदस्यहरुबीच छलफलका क्रममा उनले अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *