को बन्ला गण्डकीको सभामुख ? माघ २ गते निर्वाचन

पोखरा । गण्डकी प्रदेशमा सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ । संवैधानिक व्यवस्था अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको चयन हुनुपर्छ ।

२ गते १५ औँ दिन भएकोले सोही दिन सभामुखको निर्वाचन हुने संसद् सचिवालयले जनाएको छ । यद्यपि २९ गते बस्ने बैठकपछि मात्रै यसको टुंगो लाग्ने छ । केहीले २ भन्दा अगाडी नै सभामुखको निर्वाचन गर्न सुझाव दिएका छन् ।

केन्द्रीय सहमति अनुसार गण्डकीको सभामुख माओवादी र उपसभामुख एमालेको भागमा परेको छ । अहिले सभामुख र उपसभामुख को बन्ने भन्ने चर्चा चलिरहेको छ । सभामुखमा माओवादीले गोरखाका सांसद कृष्ण धिताललाई अघि सार्ने बुझिएको छ ।

तर उनले सरकारमै जाने आकांक्षा देखाएका माओवादी नेताहरूले बताएका छन् । ‘उहाँलाई सभामुख बन्नुस् भनेका छौँ । तर उहाँले चासो दिनुभएको छैन । सरकारमै गएर काम गर्छु भन्नुभएको छ,’ एक नेताले भने, ‘उहाँ बन्नुभएन भने सुशीला सिंखडाको सम्भावना रहन्छ ।’

सुशीला पनि गोरखाकै हुन् । उनी समानुपातिकबाट निर्वाचित भएकी हुन् । उपसभामुखमा एमालेकी पद्या जिसी वा यशोदा रिमालको सम्भावना बढी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *