गण्डकी सरकारको पहिलो निर्णय : जिल्ला अस्पतालमा डायलसिस सेवा विस्तार गर्ने

पाेखरा । गण्डकीमा नयाँ सरकारको पहिलो बैठकले प्रदेशका सबै जिल्ला अस्पतालमा डायलोसिस सेवा बिस्तार गर्ने निर्णय गरेको छ । शपथ लगत्तै बसेको बैठकले मुटुका बिरामीको उपचारका लागि सहज बनाउन डायलोसिस सेवा बिस्तार गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारको प्रबक्तामा सीता सुन्दासलाई तोकेको छ । ६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस गरेका एमाले संसदीय दलका नेता अधिकारी सोमबार अपरान्ह मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ ९२० बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारीले एमालेसहित माओवादी र राप्रपाबाट ३ जनालाई मन्त्री नियुक्त गरेका हुन् । जसमा माओवादी केन्द्रका हरिबहादुर चुमान (तनहुँ), राप्रपाका पन्चराम गुरुङ (स्याङ्जा) र एमालेकी सीता सुन्दास (स्याङ्जा) मन्त्री बनेका हुन् । चुमान प्रदेशमा पुरानै मन्त्री भए पनि गुरुङ र सुन्दास नयाँ अनुहार हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *