गण्डकीका नवनियुक्त मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए शपथ

काठमाडौँ । मुख्यमन्त्री खगराज अधिकारीसहित गण्डकीका ४ मन्त्रीले शपथ ग्रहण गरेका छन् । शपथ लिने अन्य ३ मन्त्रीहरुमा एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ छन् ।

मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन । उनीहरुले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री अधिकारी नेतृत्वको यो सरकारलाई ३३ सांसदको समर्थन रहेको छ । ती मध्ये नेकपा एमाले २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र एकीकृत समाजादीका १ सांसदको समर्थन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *