एसपीएका विद्यार्थीले गरे पुरस्कृत नाटक ‘पिपासु’को प्रदर्शन (तस्बिरहरू)

धनगढी । देशभरिबाटै छनौटमा पर्दै पुरस्कृत नाटकलाई एसपीएका विद्यार्थीहरूलाई प्रदर्शन गरेका छन् । धनगढीको एसपीए कलेजको थियटर्स एण्ड आर्टस क्लबका विद्यार्थीहरूले ५० हजार अनुदानसहित पुरस्कृत ‘पिपासु’ नाटकलाई धनगढीको व्यस्त स्थान चौराहा र गोदावरी नगरपालिकाको अत्तरियामा प्रदर्शन गरेका हुन् ।

कथा घेरा नेपालले देशभरिबाट आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा सुदूरपश्चिमबाट एसपीए कलेजको थियटर्स एण्ड आर्टस क्लब नाटक प्रदर्शनीका लागि छनौटमा परेको थियो । काठमाडौँमा रहेको कथा घरले देशभरि महिलाका क्षेत्रमा छोटा सडक नाटकहरू बनाएर अनुदानका लागि खुला आह्वान गरेको थियो । जसमा एसपीएको ‘पिपासु’ नाटक अनुदानका लागि छनौटमा परेको हो ।

एसपीएमा अध्ययनरत छात्रा आयुष्मा जोशीको लेखन तथा निर्देशक रहेको नाटकले महिला हिंसा र बलात्कारविरुद्ध सन्देश दिन खोजिएको छ । ‘हामीले महिला हिंसा र बलात्कारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले यहाँका व्यस्त चोकहरूमा यो नाटक प्रदर्शन गरेका हौँ,’ आयुष्माले भनिन्, ‘राम्रो सङ्ख्यामा दर्शकहरूको उपस्थितिले हाम्रो हौसला अझै बढेको छ । हामीले दिन खोजेको सन्देश बढीभन्दा बढीसम्म पुगेको विश्वास लिएका छौँ ।’

नाटक प्रदर्शनीलाई यथार्थ तुल्याउने कथा घेरा नेपाल र एसपीए कलेज परिवारप्रति उनले आभार व्यक्त गरिन् । उक्त नाटकमा कलेजका १५ बढी विद्यार्थीहरूले विभिन्न पात्रका रूपको भूमिका निर्वाह गरेका थिए । विद्यार्थीहरूलाई रंगकर्मी पुष्पराज अवस्थले प्रशिक्षित गरेका हुन् । योगमाया, बहुलाकाजीको सपना, सातुको कथा, लिलामे माइलो, शिलान्यास, जंगे पिल्लर, पत्थरको कथालगायत थुप्रै नाटकहरू तथा गरिसकेका अवस्थले चिसो मान्छे, के घर के डेरा, जुलेबी, रुदानेलगायत चलचित्रमा पनि अभिनय गरेका छन् ।

एसपीएले रंगमञ्च तथा कला क्षेत्रमा रुचि भएका विद्यार्थीहरूका लागि थियटर्स तथा आर्टस क्लब गठन गरेको छ । क्लबमा आबद्ध विद्यार्थीहरूलाई रंग क्षेत्रका विभिन्न व्यक्तित्व? ल्याएर प्रशिक्षित गराइन्छ । यसअघि पनि क्लबले धनगढीका अवसरमा ‘महिषासुर मर्दनी’ नाटकको मञ्चन गरिसकेका छन् ।

एसपीएले आफ्ना विद्यार्थीहरूको चौतर्फी विकासका लागि विभिन्न १५ वटा क्लबहरूको गठन गरेको छ । भविष्यमा आफ्नो करिअर अगाडि बढाउन चाहने विद्यार्थीहरू आफ्नो रुचिअनुसारको क्लबमा आबद्ध हुन सक्छन् । क्लबमा आबद्ध विद्यार्थीहरूका लागि कलेजले उनीहरूको प्रकृति अनुसारको प्रशिक्षण, सेमिनारको व्यवस्था गरिदिने गरेको छ ।

यो आधुनिक शिक्षाको उत्कृष्ट नमुना भएको क्याम्पस प्रमुख योगराज उपाध्याय बताउँछन् । एसपीएले विद्यार्थीहरूलाई समाज रूपान्तरणमा पनि अग्रसर गराइरहेको उनले बताए । ‘अब किताबी रटानले मात्रै विद्यार्थीलाई पुग्दैन । शैक्षिक संस्थाले उनीहरूको रुचिअनुसारको क्षेत्रमा लाग्न र त्यसमा अब्बल हुन प्रेरित गर्नुपर्छ,’ उपाध्यायले भने,, ‘हामीले विद्यार्थीलाई संस्कार र अनुशासनयुक्त अध्ययनसँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौँ । उनीहरूलाई समाज रूपान्तरणमा पनि अग्रसर हुन सिकाई रहेका छौँ ।’

झण्डै ३५ सय विद्यार्थी अध्ययनरत एसपीए सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

कलेजमा पूर्ण रूपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरू छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरूलाई प्रशिक्षित गराइन्छ । टाढाबाट आउने विद्यार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *