कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्ने पक्का !

सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रका राजकुमार शर्मा बन्ने पक्का भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो ।

कर्णालीमा माओवादीको सरकार बन्ने सहमति भएसँगै माओवादी केन्द्रबाट रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नेछन् । कर्णाली प्रदेश सभामा १३ सिट सहित माओवादी दोस्रो ठूलो दल पनि हो ।

सत्ता गठबन्धनको बैठकबाट कर्णालीमा माओवादीको नेतृत्वमा सरकार बन्ने भएपछि नेकपा एमालेले सभामुख पाउनेछ । यद्यपि अहिलेसम्म एमालेबाट सभामुख को बन्ने भन्ने कुनै टुङ्गो लागेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *