गण्डकीमा पाँचै वर्ष एमालेको मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशमा ५ वर्ष नै एमालेको मुख्यमन्त्री हुने पक्का भएको छ । सत्ता गठबन्धनको केन्द्रमा बनेको सहमति अनुसार गण्डकीमा एमालेले नै पाँच वर्षको कार्यकाल मुख्यमन्त्री पाउने भएको हो । गण्डकीमा माओवादीले समेत दाबी गरेको थियो । २०७४ को निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्यो । त्यति बेला माओवादीका २ जना मात्रै मन्त्री थिए । गण्डकीमा तत्कालीन समयमा ७ मन्त्रालय थियो ।

पछि सत्ता समीकरण फेरिँदा पनि माओवादीले सरकारको नेतृत्व पाएन । कांग्रेसको नेतृत्वमा बनेको सरकारमा माओवादीका ४ जना मन्त्री थिए । पछि मन्त्रालयको सङ्ख्या १२ पु¥याइएको थियो । माओवादी तेस्रो पटक सरकार बन्दा पनि नेतृत्वमा पुग्न सकेन । आगामी सरकार पनि एमालेकै नेतृत्वमा बन्ने पक्का भएको छ ।

यहाँ एमालेले खगराज अधिकारीलाई संसदीय दलको नेतामा चयन गरेको छ । अधिकारी मुख्यमन्त्री बन्नकै लागि सङ्घ छोडेर प्रदेश झरेका हुन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । खगराज हाल केन्द्रीय सदस्य तथा सङ्गठन विभाग प्रमुखको रूपमा कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *