७१ वर्षका वृद्ध बलात्कार मुद्धामा १९ वर्ष जेल चलान

पोखरा । पोखराका एक वृद्ध बलात्कार मुद्धामा १९ वर्ष जेल चलान भएका छन् । पोखरा २८ माझठानाका ७१ वर्षीय ताराना तिवारीलाई उच्च अदालत पोखराले १९ वर्ष ३ महिना जेल सजाएँ सुनाएको हो ।

उनले २०७६ सालमा अपांगता भएकी नावालिका माथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए । तर २०७७ असोज २७ गते जिल्ला अदालतले उनलाई सफाई दियो । उच्चले जिल्लाको फैसला उल्टाउँदै गत बैशाखमा १९ वर्ष ३ महिना कैद, १० हजार जरिवाना र पीडितलाई २ लाख क्षतिपूर्ति सजायँ सुनाएको हो ।

उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको छ । पक्राउ परेका तिवारीलाई कारागार कार्यालय कास्कीमा पठाइसकेको प्रहरीले जनाएको छ । कैद फैसलापछि पनि उनी बेपत्ता थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *