गण्डकीमा खगराज मुख्यमन्त्री बन्ने पक्का, आजै दाबी पेस गर्ने तयारी

पोखरा । गण्डकी प्रदेशमा एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख अधिकारी मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधि सभा छोडेर प्रदेशमा झरेका हुन् । उनी यसअघि संघकै स्वास्थ्य मन्त्री र गृहमन्त्री समेत भएर काम गरिसकेका व्यक्ति हुन् । अधिकारी मुख्यमन्त्री बन्ने चाहना राखेपछि प्रदेशका निवर्तमान सांसद मनबहादुर गुरुङलाई प्रतिनिधि सभाको टिकट दिइएको थियो । अधिकारी कास्की १ ९क० बाट निर्वाचित भएका हुन् ।

गण्डकीमा माओवादीको पनि प्रमुख दाबी छ । तर केन्द्रमा भएको प्याकेज सहमतिका कारण माओवादीले गण्डकी पाउने सम्भावना करिब नभएको बताइएको छ । अधिकारीले ३२ सांसदको समर्थन सहित आजै मुख्यमन्त्रीमा दाबी पेस गर्ने बुझिएको छ । तर प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भने भोलि दिउँसो ४ बजेसम्मका लागि समय दिएका छन् ।

‘आजै ४ बजेसम्ममा सरकारको दाबी गर्ने योजना हो,’ एमाले सांसद रोशन गाहा मगरले भने, ‘हामी तयार भएर बसेका छौँ । केन्द्रले गर्ने निर्णय कुरेका मात्रै हौँ ।’ गण्डकीमा १ मात्रै दलको बहुमत नभएका कारण संविधानको धारा १७६ उपधारा ९२० अनुसार सरकार बन्ने छ । गण्डकीमा एमालेको २२, माओवादीको ८ तथा राप्रपाको २ सिट छ । तर सत्ता गठबन्धनले गण्डकीको टुङ्गो भने ५ बजे बस्ने बैठकबाट टुङ्गो लाग्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *