भारतले जित्यो श्रीलंकाविरुद्धको टी-२० सिरिज, सूर्यकुमारको तेस्रो शतक

काठमाडौँ । श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खला भारतले जितेको छ । गए राति राजकोटमा भएको तेस्रो तथा निर्णायक टी–२० खेलमा श्रीलङ्कालाई ९१ रनले हराउँदै भारतले श्रृङ्खला २–१ ले जितेको हो ।

जितको लागि २२९ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६ ओभर ४ बलमा १३७ रनमा अलआउट भयो । श्रीलङ्काका ओपनर कुशल मेन्डिस र कप्तान दासुन शानकाले समान २३ रन बनाए । धनञ्जय डि सिल्भा २२ र चरिथ असलङ्का १९ रनमा आउट भए । श्रीलङ्काका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका अर्शदीप सिंहले ३ तथा हार्दिक पान्ड्या, उमरान मलिक, युजभेन्द्र चहलले समान २ विकेट लिए ।

अक्षर पटेलले एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२८ रन बनाएको थियो । भारतका सूर्यकुमार यादव ११२ रनमा अविजित रहे ।

शुभमन गिलले ४६ र राहुल त्रिपाठीले ३५ रन बनाए । श्रीलङ्का दिलशान मदुशनकाले २ तथा वानिन्दु हसरंगा, कसुन रजिथा र चामिका करुणारत्नेले समान १ विकेट लिए । भारत पहिलो खेलमा दुई विकेटले विजयी हुँदा दोस्रो खेलमा श्रीलङ्का १६ रनले विजयी भएको थियो । भारत र श्रीलङ्काबीच अब तीन खेलको एक दिवसीय श्रृङ्खला हुनेछ । पहिलो खेल मङ्गलवार, दोस्रो खेल बिहीवार र तेस्रो खेल आइतवार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *