केपी ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिनेछन् : दिपकुमार उपाध्याय (भिडिओ)

काठमाडौँ । नेपाली काँग्रेसका नेता दिपकुमार उपाध्यायले एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिने दाबी गरेका छन् ।

उपाध्यायले नेकपा एमालेले राष्ट्रपति र सभामुख लगायतका महत्त्वपूर्ण पदलाई प्राप्त गर्नका लागि विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गरे ।

उनले भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो दुई ठूला पार्टीहरू कांग्रेस र एमाले कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उपाध्यायले दलहरूभित्र रहेको भागवण्डा, गुटबन्दी नैतिक मूल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनीतिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको र देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरू सच्चिन जरुरी रहेको उल्लेख गरे । नेता

उपाध्यायले पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरूले विचारको राजनीति भन्दा सत्ता स्वार्थमा निहित भएर राजनीति गरेको आरोप लगाए ।

उनले विदेशी शक्तिहरुले गणतन्त्र,धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको समेत आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *