अवैध क्रसर उद्योग बन्द गर्न सुर्खेत प्रशासनको निर्देशन

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कानुन र मापदण्डविपरीत जिल्लामा सञ्चालनमा रहेका अवैध क्रसर बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रशासनले जिल्लाभित्र अनुमती नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुंगा, गिट्टी तथा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उधोगहरुलाई बन्द गर्न निर्देशन दिएको हो ।

साथै, विभिन्न आयोजना निमार्णको प्रयोजनका लागि सञ्चालनमा आएका तर हाल उक्त प्रयोजन र आयोजना समाप्तपछि पनि सञ्चालनमै रहेका क्रसर उद्योग तत्काल बन्द गर्न र स्थानीय तह तथा सुरक्षा निकायलाई समेत यसको निगरानी गरी बन्द गर्ने कार्यमा सहयोग गर्न प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी सूचनामा भनिएको छ ।

प्रचलित कानुन बमोजिम सञ्चालनमा रहेका क्रसर उधोगहरुले योसँग सम्बन्धित कागजातहरु प्रशासनमा पेश गरी नियमानुसार सञ्चालन हुनसक्ने व्यहोरा उल्लेख गर्दै अटेर गरे कानुन बमोजिम कडा सजाय हुने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *