सूर्यज्योति लाइफ बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आइएसओ गुणस्तर चिन्ह प्राप्त गरेको छ । युनाइटेड रजिस्ट्रार अफ सिस्टिम(यूआरएस)ले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा निरीक्षण गरेपछि कम्पनीलाई आइएसओव ९००१ः२०१५ मान्यताले विभूषित गरेको हो ।

कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राहि माझ पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा उक्त मान्यता प्रदान गरिउो हो ।

सूर्यज्योति लाइफले ई.सं. २०२३ जनवरी ४ मा आधिकारीक गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरेको कम्पीले जनाएको छ । उक्त गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेपछि आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमीतहरुलाई सेवा सुविधामा थप सवल र सहज पार्दे जाने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बताए ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशैभर १८१ शाखाबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *