लुम्बिनी सरकार गठनका लागि प्रदेश प्रमुखकाे आह्वान, २७ पुससम्मको समय सीमा

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् । बिहीबार उनले सरकार गठनको आह्वान गर्दै २७ पुस ४ बजसम्ममा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

लुम्बिनी प्रदेशसभामा निर्वाचित दलहरुले बहुमत सदस्यको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्ने छ । यो प्रदेशमा कुनै पनि दलले सरकार बनाउन पुग्ने बहुमत प्राप्त गरेका छैनन् । दुई वा दुइभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्ने सम्भावना छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

यो प्रदेशमा संघीय सरकारमा रहेका गठबन्धन दलहरुसँग सरकार गठनका लागि पुग्ने बहुमत छ । उनीहरुसँग ५२ सदस्यको बहुमत छ । स्वतन्त्र रुपमा चुनाव जितेका रोप्पाका दिपेन्द्र पुन पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीसमेत जोड्दा उक्त गठबन्धनमा ५३ सांसद पुग्ने छन् ।

नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्तिका ४, जसपाका ३ र जनमत पार्टीका ३ सांसद छन् ।

संघीय सरकारमा विपक्षमा रहेको कांग्रेसका यो प्रदेशमा पनि २७ सदस्य छन् । त्यस्तै लोसपाका ३, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादीका १ जना सांसद छन् । २ जना स्वतन्त्र सांसद रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *