गोकर्णेश्वरमा नवाैँ तारेभीर पर्यटन महोत्सव माघ १ र २ गते हुने

काठमाडौँ ।  काठमाडाैँकाे गाेकर्णेश्वर नगरपालिकामा वर्षेनी हुने गरेकाे तारेभीर पर्यटन महाेत्सवकाे नवाैँ संस्करण आउँदो माघ १ र २ गते हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको शिर मानिने तारेभिरमा २०७१ साल माघ १ गतेदेखि महोत्सब मनाउन सुरु गरिएको थियो ।

काठमाडौँ उपत्यकाको उत्तरी भेगमा रहेको शिवपुरी पर्वत शृंखलाको प्रवर्द्धनका लागि याे महाेत्सव आयाेजना हुँदै आएकाे छ । यस पटक भने दुई दिन सञ्चालन हुने आयाेजकले जनाएकाे छ।

गोकर्णेश्वर नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सिमानामा रहेको तारेभिर क्षेत्र शिवपुरी डाँडाको काखमा अवस्थित छ। संस्कृति, प्रकृति र स्थानीय उत्पादनहरुको सम्वर्द्धन र प्रवर्धनका लागि २०७१ साल माघ १ गते शुरु भएको तारेभीर महोत्सवको नवौ शृंखलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

स्थानीय उत्पादन, कला संस्कृती र पर्यटनको प्रवर्द्धन गर्ने उदेश्यले आयोजना हुँदै आएको सो महोत्सवमा स्थानीय महिला समूह, संघ संस्था तथा स्थानीयवासीको सहभागिता रहने आयोजकले जानकारी दिएकाे छ ।

यातायात र अन्य पूर्वाधारको कमीले निकै कष्ट भोग्दै आएका सो क्षेत्रका वासिन्दाहरू व्यापार र पर्यटक आवागमनमा वृद्धि गर्न महोत्सवले ठुलो भूमिका निर्वाह गरेको बताउँछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *