कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी सहित ८ जनालाई कारबाहीको सिफारिस

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ सहित ८ जनालाई कारबाही गर्न नेपाली कांग्रेस जिल्ला अनुशासन समितिले सिफारिस गरेको छ । गत वैशाखको स्थानीय निर्वाचन र मंसिरको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा उनीहरूमाथि कारबाही सिफारिस गरिएको हो ।

श्रेष्ठसँगै भीमसेन थापा गाउँपालिकाका पूर्व अध्यक्ष तथा महासमिति सदस्य ईश्वर पाण्डे, महासमिति सदस्य प्रेमकुमार खत्री, महाधिवेशन प्रतिनिधि चेतबहादुर अधिकारी छन् । यस्तै, नेपाल तरुण दलका जिल्ला कार्यसमिति सचिव चित्र भट्ट, बिदेश नराल, क्षेत्रीय प्रतिनिधि भिमप्रसाद अर्याल, गण्डकी प्रदेश समिति सदस्य श्यामप्रसाद लामिछानेलाई कारबाहीको सिफारिस गरिएको छ ।

श्रेष्ठले कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध अभिव्यक्ति दिएको अडियो सार्वजनिक भएको थियो । गाउँगाउँमा आधिकारिक उम्मेदवारलाई भोट नहाल्न भनेको, सामाजिक सञ्जालमा तथानाम लेखेको लगायत उजुरीपछि कारबाहीकालागि सिफारिस गरिएको अनुशासन समितिले जनाएको छ । अहिले उजुरीमाथि छानबिन सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *