चिनियाँ राजदूतले भने– पोखरा एयरपोर्ट बीआरआइको परियोजना हो

पोखरा । चिनियाँ कार्यबहाक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट रोड इनिसियटिभको परियोजना भएको बताएका छन् ।

उनले अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा सम्बोधन गर्दै भने, ‘नयाँ विमानस्थल चीन र नेपालबीचको साँचो प्रेम र आपसी सहयोगको साक्षी दिने मित्रता परियोजना हो,’ उनले भने, ‘नेपाल र चीनका राष्ट्र प्रमुखको निर्देशन अनुसार नेपालमा बेल्ट एण्ड रोड को परिकल्पनालाई वास्तविकतामा परिणत गरी फलदायी नतिजा हासिल गर्न यो परियोजना अघि सारिएको छ ।’

उनले हिमाल पारी अन्तरदेशीय रेलमार्ग निर्माण गर्न सँगै काम गर्ने बताए । चीनले जनवरी ८ बाट चिनियाँ र विदेशी नागरिकहरूको बाहिरी यात्रालाई रोकथामको सबै प्रतिबन्ध खारेज गर्ने र त्यसबाट नेपालको दश वर्षको पर्यटन योजनालाई सफल पुग्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *