लुम्बिनी प्रदेश सभाका सबै सांसदलाई प्रदेश प्रमुखले नै गराए शपथ

काठमाडौँ । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सबै सदस्यलाई प्रदेश प्रमुले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

आइतबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाका नवनिर्वाचित सबै सांसदलाई शपथ ग्रहण गराएका हुन् । यसअघि प्रतिनिधि सभामा राष्ट्रपतिबाट जेष्ठ सदस्यले सपथ लिने र अन्यलाई जेष्ठ सदस्यले शपथ ग्रहण गराइएको थियो । त्यस्तै, प्रदेशका प्रमुखबाट जेष्ठ सदस्यले र जेष्ठ सदस्यबाट अन्य सदस्यले शपथ लिने कार्य अन्य प्रदेशमा गएको थियो ।

तर, लुम्बिनीमा प्रदेशसभा नियमावलीको नियम ४ अनुसार सबै सांसदलाई प्रमुखले शपथ ग्रहण गराएका हुन् । सांसदहरुले प्रदेश राजधानी दाङको राप्ती उपत्यका देउखुरीको नवनिर्मित अस्थायी प्रदेशसभा भवनमा शपथ लिएका हुन् ।

शपथग्रहण समारोहमा मुख्यमन्ती कुलप्रसाद केसी, एमाले महासचिव तथा पूर्वमुख्य मन्त्री शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा, कांग्रेस नेता चन्द्र भण्डारीलगायत उपस्थित थिए ।

लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी ८७ सांसद छन् । भने १० राजनीतिक दलको प्रतिनिधित्व छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *