म अहिलेसम्म सिंगल छु, मेरो नाममा कुनै सम्पत्ति छैन : उपप्रधानमन्त्री श्रेष्ठ (भिडिओ)

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन् ।

मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवा भावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताए ।

श्रेष्ठले आफूसँग अरू कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताउँदै भन्छन्, म अहिलेसम्म सिंगलनै छु, मेरो नाममा कुनै सम्पत्ति छैन । “राष्ट्रियसभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रियसभाले खोलिदिएको बैङ्क खाता छ, अरू कुनै बैङ्क खातामा एक रुपैयाँ पनि छैन”, उनले भने, “न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।”

आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारको भूमिका पनि महत्त्वपूर्ण रहेको उनले बताए । “तपाईँहरूले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनु भएन । तपाईँहरूको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो”,श्रेष्ठले भने, “ऐन, नियम विपरीत तपाईँहरूले मलाई काम गर्न कुनै दबाब दिनु भएन र त, म अहिले यहाँ छु ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *