रोमाञ्चक बेथानचोक, जोखिमपूर्ण सडकले पर्यटकको बिजोक !

बेथानचाेक (काभ्रे) । काठमाडौँको मुख्य शहरबाट जम्मा दूई घण्टाको मोटरदूरीमा छ– काभ्रेको रमणीय पर्यटकीय स्थल बेथानचोक । त्यसैले यहाँ शनिबार तथा अन्य बिदा मनाउन आन्तरिक पर्यटकको आवागमन बाक्लो देखिन्छ । फाट्टफुट्ट विदेशी पर्यटक पनि पुग्ने गर्छ । यहाँको पदमार्ग प्रसिद्ध छ । यो स्थानसम्म पुग्न कतिपयले बस वा मोटरसाइकलको सहायता लिने गरेका छन् । सानो र कच्ची बाटोका कारण सबैभन्दा बढी जोखिम बस यात्रु र मोटरसाइकलमा यात्रा गर्नेहरुका हुने गरेको देखिन्छ । यद्यपी, हिँउद याममा बेलाबेला हिउँसमेत पर्ने उक्त स्थानको रोमाञ्चकता प्राप्त गर्ने लोभमा यहाँ जोखिम मोलेरै भए पनि आउने पर्यटकले भरिभराउ हुने गरेको देखिन्छ ।

उच्च पहाडी भूगोलका कारण बेथानचोक सूर्योदय र सूर्यास्तको दृष्यावलोकनका लागि समेत प्रसिद्ध छ । त्यसका लागि पनि यहाँ पर्यटक आउँछन् । यसबाहेक प्राकृतिक अवलोकन, गुम्सिएको काठमाडौँ उपत्यकोको कोलाहालबाट मुक्ति, पदयात्रा (हाइकिङ्ग) र अन्य धार्मिक कार्यका लागि पनि यस ठाउँमा मानिस पुग्ने गरेको देखिन्छ ।

समुन्द्री सतहबाट ३ हजार १८ मिटर उचाइमा रहेको छ बेथानचोक । बेचानचोक भ्रमणका लागि कलेजबाट बस चढेर आएका एक विद्यार्थी लक्ष्मण कार्कीले आफूलाई आफूलाई एकदमै डर लागेको र चुनौतीको सामना गरेको बताए । भन्छन्– ‘मलाई त धेरै डर लाग्यो हेर्नुस् । मुटु नै चिसो भयो ।’

बसबाट बेथानचोकको यात्रा गर्न चाहने अन्य यात्रुहरूलाई संकेत गर्दै उनले बसमा नआउन सल्लाह दिए । भने ‘सकेसम्म गाडीमा नआउनू, मोटरसाइकलमा आउनू ।’ जोखिमयुक्त बाटोकै कारण उनले अब बेथानचोक नआउने, यदि आइहालेमा मोटरसाइकलमै आउने बताए ।

त्यस्तै बेथानचोक भ्रमण गएका राम कार्कीले यात्रा एकदमै उत्साहजनक र रमाइलो भएको बताए । तर, बसको यात्रा चुनौतिपूर्ण भएको उनको भनाइ छ । उनले भने– ‘रिक्स मोलेर आइयो ।’

त्यस्तै उक्त बस चालक सन्तोस घतानीका अनुसार बेथानचोकको पुग्ने बाटो बढी नै जोखिमपूर्ण रहेको छ । भन्छन्– बेथानचोकको बाटो अरु बाटो भन्दा अलि अप्ठ्यारो छ । विचार पुर्याइएन भने के के हुनसक्छ सक्छ’ ।

बेथानचोक पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र हो । सुरक्षित मार्गकोे अभावका कारण त्यहाँ आउने गरेका यात्रुमा दुर्घनाको त्रास देखिन्छ । कच्ची र सानो मार्ग भएकाले चालकहरूले बढी ध्यान दिनुपर्ने देखिन्छ । साथै बेथानचोकमा एकतर्फी बाटो मात्र भएकाले प्रायजसो जाम र बाटो बन्द हुने समस्या देखिन्छ ।

काठमाडौँबाट नजिकको दूरीमा रहेको यो पर्यटकीय स्थलसम्म पुग्ने सडक मार्गको स्तरोन्नती र सुधारका लागि स्थानीय तथा केन्द्र सरकारले ध्यान दिनुपर्ने अत्यन्तै जरुरी देखिएको छ । सुविधाजन सडक बन्ने हो भने बेचान चोक पनि नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरुको सूचीमा पर्न सक्ने देखिन्छ ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *