गण्डकीका सांसदको शपथ आज, ३ जनाले मातृभाषामा शपथ लिने

पोखरा । गण्डकीका नव निर्वाचित सांसदहरूको शपथ आज हुँदैछ । प्रदेश सभा भवनमा उनीहरूको शपथ गराउने कार्यक्रम तय गरिएको छ । यसअघि बुधबार जेष्ठ सांसद मित्रलाल बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराएका थिए ।

उनै बस्यालले अरू ५९ सांसदलाई शपथ गराउने छन् । गण्डकीमा ३ जना सांसदले मातृभाषामा शपथ खाने तयारी गरेका छन् । कास्कीकी सरस्वती गुरुङ र स्याङ्जाका पन्चराम गुरुङले गुरुङ भाषामा शपथ खानका लागि निवेदन दिएका छन् भने लमजुङकी पार्वती तामाङले तामाङ भाषामा शपथ खाने तयारी गरेकी हुन् ।

नयाँ सांसदहरूलाई स्वागत गर्न संसद् सचिवालयले रेड कार्पेट ओछ्याएको छ । संसद् भवनमा रंगरोगन गरेर चिरिच्याट्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =