कर्णालीमा माओवादीले आज संसदीय दलको नेता छान्दै

सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णालीमा आज संसदीय दलको नेता छान्दै  । कर्णाली प्रदेशमा संसदीय दलको नेता छान्न माओवादी केन्द्रको प्रदेश कमिटीको बैठक बसिरहेको छ ।

संसदीय दलको नेताको लागि ४ जनाले दाबी पेश गरेका छन् । रुकुम पश्चिमका राज कुमार शर्मा, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसी साथै कालिकोटका दुर्ग बहादुर रावतले मंगलबार प्रदेश समन्वय समितिको बैठकमा दाबी पेश गरेका हुन् ।

आज नै संसदीय दलको नेताको टुङ्गो लगाउने गरी बैठक जारी रहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *