पोखरामा भोलिदेखि सडक महोत्सव
२०७९ पुस १२ गते

पोखरा । पोखरामा भोलिदेखि सडक महोत्सव हुने छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेवान) पोखराको आयोजनामा २४ औँ संस्करणको महोत्सव हुन लागेको हो ।
हरेक अङ्ग्रेजी नयाँ वर्षमा रेवानले सडक महोत्सव आयोजना गर्छ । महोत्सवको तयारी पूरा भएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । महोत्सव १७ गतेसम्म चल्ने छ ।
सोही अवसरमा वेटर/वेट्रेस प्रतियोगिता, फेवातालमा डुंगा दौड प्रतियोगिता र टग अफ वार प्रतियोगिता आयोजना हुँदैछ । विभिन्न राष्ट्रिय स्तरका कलाकारहरूले महोत्सवमा प्रस्तुति दिने छन् ।
२०७९ पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित








