राष्ट्रपति र सभामुखमा एमालेका पोखरेल र नेम्वाङको चर्चा
२०७९ पुस १० गते

काठमाडौँ । निर्वाचनपछिको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने भएपछि ‘पावर सेयरिङ’मा एमाललेले राष्ट्रपति र सभामुख राख्ने सहमति आजको बालकोट बैठकले गरेको स्रोतले बताएको छ ।
निर्वाचनपछिको दोस्रो ठूलो दल एमालेले पार्टीका नेता ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने चर्चासमेत चलेको छ ।
त्यस्तै, सभामुखमा यसअघि दुईओटा संविधान सभामा सभामुखको भूमिका निर्वाह गरेका अनुभवी नेता तथा कानुनका ज्ञाता सुवास नेम्वाङलाई अघि सार्न लागेको स्रोतले बताएको छ ।
राष्ट्रपति पूरा कार्यकाल एमालेकै हुने र प्रधानमन्त्री र सभामुखमा भने आलो लाेपालाे हुने सहमति बनेकाे बताइएकाे छ ।
२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=65' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









