बालकोट बैठक सकियो, १६६ सिटको बहुमत पुर्याएर दलहरु राष्ट्रपति कार्यालय जाँदै

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा जारी बैठक सकिएको छ । बैठममा सरकार निर्माणका लागि एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नाउपा गरी ७ पार्टीका गरी दलबाट १६६ सांसदको बहुमत पुगेकाे छ ।

आलोपालो सरकार चलाउने सहमतिसहित सुरूमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारकाे नेतृत्व गर्ने सहमति जुटेकाे बैठकमा सहभागी एक नेताले बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णयसहित दलहरु राष्ट्रपतिको कार्यालयमा नाम र बहुमत संख्या बुझाउन जान लागेका छन् ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल रहेको एमालेसँग ७८ सांसद, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =