बालकोटबाट बाहिरिए अशोक राई, बोलाए जसपाको बैठक
२०७९ पुस १० गते

काठमाडाैँ । जनता समाजवादी पार्टीका नेता अशोक राई बोलकोटमा जारी ४ दलीय बैठकबाट बाहिरिएका छन् ।
बैठकबाट बाहिरिएसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकार बनाउन दुई ओटा विकल्प रहेको बताएका छन् । पहिलो विकल्पमा एमाले र माओवादी गठबन्धनको सरकार रहेका बताए । त्यस्तै, अर्को विकल्पमा कांग्रेस र एमाले गठबन्धनको सरकार रहेको बताएका छन् ।
नेता राईले बैठकबाट बाहिरिएसँगै जसपाको आन्तरिक बैठक बोलाएका छन् । एमाले–माओवादी गठबन्धनको सरकारमा सामेल हुनेबारे छलफल गर्न उनले पार्टीको आन्तरिक बैठक बोलाएको बुझिएको छ ।
२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=65' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









