बालकोटबाट बाहिरिए अशोक राई, बोलाए जसपाको बैठक

काठमाडाैँ । जनता समाजवादी पार्टीका नेता अशोक राई बोलकोटमा जारी ४ दलीय बैठकबाट बाहिरिएका छन् ।

बैठकबाट बाहिरिएसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकार बनाउन दुई ओटा विकल्प रहेको बताएका छन् । पहिलो विकल्पमा एमाले र माओवादी गठबन्धनको सरकार रहेका बताए । त्यस्तै, अर्को विकल्पमा कांग्रेस र एमाले गठबन्धनको सरकार रहेको बताएका छन् ।

नेता राईले बैठकबाट बाहिरिएसँगै जसपाको आन्तरिक बैठक बोलाएका छन् । एमाले–माओवादी गठबन्धनको सरकारमा सामेल हुनेबारे छलफल गर्न उनले पार्टीको आन्तरिक बैठक बोलाएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *