प्रचण्डलाई प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेले लिने तयारी

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी ४ दलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बताउने तयारीका साथ छलफल अघि बढेको बुझिएको छ ।

४ दलीय गठबन्धनमध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेले राष्ट्रपति र संघीय संसदको सभामुख राख्ने गरी प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्ने तयारी भएको बुझिएको छ । अन्य दललाई अरु पदमा भागबन्डा गर्ने गरी छलफल अघि बढेको छ ।

बालकोटमा जुटेका दलहरुमा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *