राष्ट्रपतिको दाउ हेरेका रामचन्द्र अत्तालिए, भने- गठबन्धन टुट्न लागेजस्तो देख्दैछु
२०७९ पुस १० गते

काठमाडौँ । सत्तामा रहेको वर्तमान बाम–लोकतान्त्रिक गठबन्धन टुट्न लागेको भन्दै नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेल अत्तालिएका छन् ।
वर्तमान सत्ता गठबन्धनकै सरकार बने नेपाली कांग्रेका तर्फबाट रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने आश्वासन उनलाई पार्टी सभापति शेरबदादुर देउवाबाट मिलेको थियो । तर, आइतबार बालुवाटारमा बसेको बैठकमा आफूलाई नै प्रधानमन्त्री बनाउनु पर्ने अडान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नछाडेपछि बैठक भाँडिएको थियो ।
बैठकबाट प्रचण्ड बाहिरिएपछि पौडेलले भने, ‘गठनबन्धन टुट्न लागे जस्तो लाग्दैछ। परिस्थिति हाम्रो नियन्त्रण बाहिर जाने देख्दैछु ।’
२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=103' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









