सिन्धुपाल्चोकमा ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको सन्दर्भमा बागमती प्रदेश सरकारसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले यो काम सुरू गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनुप अधिकारीले एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्बुलेन्सको वास्तविक स्थान र अवस्था पहिचान गरी छिटो छरितो बनाउन डिभाइस राखी गरी धुलिखेलमा रहेको सेन्टरसँग जडान गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीकाअनुसार हेल्पलाइन २४ सै घण्टा उपलब्ध हुनेछ ।

आकस्मिक उपभोक्ताले सो हेल्पलाइनमा फोन गरी आफू रहेको स्थानको ठेगाना टिपाइसकेपछि हेल्पलाइनमा रहेका सहयोगी कर्मचारीबाट उक्त स्थानको सबैभन्दा नजिक र खाली रहेको एम्बुलेन्स एकिन गरी चालकको नम्बर सेवाग्राहीलाई उपलब्ध गराइनेछ ।

उक्त एम्बुलेन्सले सो सोवाग्राहीलाई सेवा दिए नदिएको जानकारी तुरुन्त इप्रविधिमार्फत अनुगमन गरिने स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए । उनका अनुसार सर्वसाधारणले १०२ मा फोन गरेर सिधै सेवाग्राहीले एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *