फ्रान्स ‘डिपोर्ट’ गर्न चार्ल्सलाई त्रिभुवन विमानस्थल लगियो

काठमाडौँ । चाल्र्स शोभराजलाई फ्रान्स ‘डिपोर्ट’ गर्न सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेको छ । उनलाई अध्यागमन विभागको व्यवस्थापनमा साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै फ्रान्स पठाउन लागिएको छ ।

शोभराज शुक्रबार बिहान केन्द्रीय कारागारबाट छुटेका थिए । उनलाई १५ दिनभित्र जेलमुक्त गरेर उनकै देश पठाउन सर्वोच्च अदालतले बुधबार आदेश दिएको थियो ।

सुरक्षाको कारण देखाउँदै उनलाई सकेसम्म छिटो उनकै देश फर्काउने योजना साथ शुक्रबार उनलाई फ्रान्स पठाउन लागिएको हो । सुरक्षाकै कारण देखाउँदै चार्ल्ले नै आफूलाई मिडियाबाट टाढा राख्न आग्रह गरेका थिए । मिडियाले पच्छ्याउँदा पनि उनको तस्बिर र प्रतिक्रिया लिन पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + two =