पत्रकारिताको मर्यादा र विश्वसनीयतामा गम्भीर हुन राष्ट्रपतिको आग्रह

सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभालाई उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिताको मर्यादा र विश्वसनीयतामा गम्भीर आग्रह गरेका छन् ।

कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले देशको अवस्था र पत्रकारिताको भूमिकाको सन्दर्भमा ध्यान जाने आशा व्यक्त गरिन् ।

पत्रकार हकहितका लागि गठन भएको पत्रकार महासंघले महत्त्वपूर्ण योगदान दिएको बताउँदै उनले प्रणालीले राम्रो सङ्ग काम गर्न नसके जति सुकै राम्रो संविधान भए पनि केही नहुने बताइन् ।

नेपाली जनताको चाहाना मुलुकको तीव्र विकास होस् । राज्यले कुनै पनि विभेद नगरोस् भन्ने छ । जनताले शिक्षाको विकास र सहज पहुँच खोजेको उनले बताइन् ।

पत्रकारिताको विकास सङ्गै चुनौती पनि थपिएको बताउँदै उनले पत्रकारिताको स्वतन्त्र अभ्यास लोकतन्त्रको महत्त्वपूर्ण पक्ष भएको र यसको अभ्यासलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =