पत्नी र सासुले अझै भेट्न पाएनन् चार्ल्स शोभराजलाई

काठमाडौँ । सिरियल किलर चार्ल्स शोभराजकी पत्नी निहिता विश्वास र सासु एवं चार्ल्सकी वकिल सकुन्तला विश्वासले अझै पनि चार्ल्र्सलाई भेट्न पाएका छैनन् ।

शोभराज जेलमुक्त हुने खबर पाएपछि बिहीबार नै केन्द्रीय कारागार पुगेकी सकुन्तालाई चार्ल्ससँग भेट गर्न जेल प्रशासनले दिएको थिएन । शुक्रबार पनि निहिता र उनकी आमा सकुन्तला केन्द्रीय कारागार पुगेका थिए । त्यहाँ पनि उनीहरुसँग चार्ल्सलाई भेट गर्न दिइएन ।

अध्यागमन विभागले अध्यागनम कार्यालय डिल्लिबजार लैजाने खबर पाएपछि उनीहरु त्यहाँ पनि पुगेका थिए । तर, त्यहाँसमेत उनीहरुले भेट गर्न पाएका छैनन् ।

चार्ल्सलाई उनकै देश फ्रान्स पठाउने प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =